aarthiknews.com आइतबार, ०१ असार २०८२   Sunday, 15 June, 2025
 

आर्थिक न्युजडटकमको सम्पादकमा कार्की नियुक्त

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०९ फागुन २०७६
आर्थिक न्युजडटकमको सम्पादकमा कार्की नियुक्त

काठमाडौं  । विगत १० वर्षदेखि सञ्चालित आर्थिक न्युजडटकमको सम्पादकमा मेनुका कार्की नियुक्त भएकी छिन् । उनलाई आर्थिक न्युजडटकम (मिडिया  आई) सञ्चालक समितिको फागुन ५ गते बसेको बैठकले नियुक्त गरेको हो । उनले आर्थिक न्युज डटकमको सम्पादकको भूमिका फागुन ९ गतेबाट  सम्हालेकी छिन् ।

स्नाकोत्तरसम्मको शिक्षा हासिल गरेकी कार्कीले यसभन्दा पहिला नागरिक न्यूज, अन्नपूर्ण पोष्ट, अभियान दैनिक, आर्थिक दैनिक र विकास न्युज लगायतका सञ्चार गृहमा डेढ दशकभन्दा बढी आर्थिक पत्रकारिता गरेको अनुभव छ ।

सम्पादक कार्कीको नेतृत्वमा आर्थिक न्युटडकमले आर्थिक पत्रकारितमा नयाँ उचाई प्राप्त गर्ने विश्वास लिइएको आर्थिकन्यु जडटकमम (मिडिया आई) सञ्चालक समितिका अध्यक्ष निरज्वल बस्नेतले बताए । साथै आर्थिक न्युजडटकमका सम्पादक सिताराम भट्टराईलाई प्रधानसम्पादकमा नियुक्त गरेको छ । 

प्रतिक्रिया दिनुहोस