aarthiknews.com आइतबार, ०१ असार २०८२   Sunday, 15 June, 2025
 

शिवरात्री मनाउन सहयोग उठाइरहेका बालककाे बसकाे ठक्करबाट मृत्यु

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०९ फागुन २०७६
शिवरात्री मनाउन सहयोग उठाइरहेका बालककाे बसकाे ठक्करबाट मृत्यु

दोलखा । जिल्लाको कालिञ्चोक गाउँपालिका यात्रुबहाक बसको ठक्करबाट एक बालकको मृत्यु भएको  छ ।

दोलखाको सिंगटीबाट सदरमुकाम चरिकोटतर्फ आइरहेको अरनिको यातायातको बा ४ ख ५८०९ नम्बरको बसको ठक्करबाट स्थानीय बालक पुजन थामीको मृत्यु भएको हो । शिवरात्री मनाउनका लागि डोरी टाँगेर सहयोग माग्दै आइरहेका थामीलाई बसले ठक्कर दिएको थियो ।

थामीलाई बसको पछाडितर्फको चक्काले किच्दा घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । ठक्कर दिने बस र चालकलाई प्रहरीले नियन्न्त्रणमा लिएको छ । बालक कालिञ्चोक गाउँपालिका वडा नम्बर ९ का स्थायी बासिन्दा हुन् । 
 

प्रतिक्रिया दिनुहोस