aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

प्रदेश राजधानी नामाकरण नगरेकाे भन्दै काँग्रेसद्वारा संसद अवरोध

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ३० बैशाख २०७६
प्रदेश राजधानी नामाकरण नगरेकाे भन्दै काँग्रेसद्वारा संसद अवरोध

प्रमुख प्रतिपक्षी दल नेपाली काग्रेसले प्रदेश नम्बर ३ को संसद बैठक अबरुद्ध गरेको छ । काँग्रेस सांसदहरुले राजधानी नामाकरणको प्रक्रिया सुरु नगरेसम्म अन्य प्रक्रिया अघि बढाउन नदिने भन्दै सोमबारको बैठक अवरोध गरेका हुन् । बैठकको सुरुमा सभामुख सानुकुमार श्रेष्ठले अधिवेशन आव्हान सम्बन्धी प्रदेश प्रमुख अनुराधा कोइरालाले पठाएको पत्र पढेर सुनाएकी थिइन् ।

अधिवेशन सुरु भएको अवसरमा सबै दलका तर्फबाट शुभकामना मन्तव्य दिएपछि सभामुखले नियमित प्रक्रिया अघि बढाउने क्रममा काँग्रेस सांसदहरुले अवरोध गरेका हुन् । प्रतिपक्षी दल नेपाली काँग्रेसका प्रदेश नम्बर ३ का संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले राजधानी नामाकरणको प्रक्रिया सुरु नगरेसम्म संसद चल्ने नदिने बताए । 

काँग्रेसका सांसदहरुले उभिएर विरोध जनाएपछि सभामुख श्रेष्ठले बैठक स्थगित गरेका थिए । अर्को बैठक मंगलबार अपरान्ह ४ बजेका लागि बोलाइएको छ ।

प्रतिक्रिया दिनुहोस