aarthiknews.com मंगलबार, २६ जेठ २०८३   Tuesday, 09 June, 2026
 

अख्तियारको निगरानीमा निवर्तमान सञ्चारमन्त्री बाँस्कोटा, छिट्टै बयान लिने तयारी

  • आजको अन्नपूर्ण पोस्ट् दैनिकबाट
    आजको अन्नपूर्ण पोस्ट् दैनिकबाट
  • शनिबार, १० फागुन २०७६
अख्तियारको निगरानीमा निवर्तमान सञ्चारमन्त्री बाँस्कोटा, छिट्टै बयान लिने तयारी

काठमाडाैं । अख्तियार दुरुपयोग अनसन्धान आयोगले निवर्तनमा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटालाई निगरानीमा राखेको छ।

सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा ७० करोड रुपैयाँ कमिसन मागेको अडियो सार्वजनिक भएपछि उनले बिहीबार मन्त्री पदबाट राजीनामा दिएका थिए।

यससँग सम्बन्धित तथ्य र प्रमाण नष्ट हुन सक्ने भएकाले निगरानीमा राखिएको अख्तियार स्रोत बताउँछ। ‘यत्रो काण्ड छ, निगरानी नगर्ने त कुरै भएन,’ स्रोतले भन्यो।

अख्तियारले प्रेस खरिदका विषयमा बाँस्कोटाले गरेका कार्यको अध्ययन गरिरहेको छ। स्रोतका अनुसार बाँस्कोटासँग छिट्टै बयान लिने तयारी छ। उनको राजीनामापछि कार्यकक्ष र सचिवालयमा रहेका महत्वपूर्ण कागजात अख्तियारले कब्जामा लिएको छ।

सम्बन्धित निकायसँग सम्पूर्ण विवरणसमेत झिकाइएको छ। उनले स्विस कम्पनीका नेपाली एजेन्ट भनिएको विजयप्रकाश मिश्रसँग कमिसन मागेको अडियो सार्वजनिक भएको थियो। मिश्रलाई पनि अख्तियारले निगरानी गरेको छ। स्रोतका अनुसार उनी पनि अनुसन्धानको दायरामा छन्।

प्रतिक्रिया दिनुहोस