aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

प्रतिवन्धित भारतीय नोट सहित ६ जना पक्राउ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ३० बैशाख २०७६
प्रतिवन्धित भारतीय नोट सहित ६ जना पक्राउ


काठमाडौं ।  भारत र नेपालमा प्रतिबन्ध रहेको भारतीय रुपैयाँ प्रहरीले बरामद गरेको छ । प्रहरीले काठमाडौंको नयाँ बजारबाट १५ लाख ९० हजार पाँच सय भारतीय नोट सहित ६ जना पक्राउ गरेको जनाएको छ ।

नया वजारमा रहेको होटल मेट्रो ईनमा केही मानिसहरु भेला जम्मा भई नेपाल तथा भारतमा समेत कारोवार गर्न बन्देज रहेको भारु  १००० र ५०० दरको नोटहरु सहित प्रहरीले  पन्ध्र लाख नव्बे हजार पाँच सय  रकम सहित ६ जनालाई नियन्त्रणमा लिई महानगरिय प्रहरी परिसर काठमाडौले थप अनुसन्धान गरिरहेको जनाएको छ।

पक्राउ पर्नेमा  धादिङ त्रिपुरासन्दरी गा।पा।वडा नं।४ बर्ष २१ को शम्भु परियार, दोलखा तामाकोशी गा।पा।वडा नं। राम बिक्रम खड्का,कास्की पोखराका ४० को सन्तोष थापा, जिल्ला बाग्लुङ ३२ को नबिन थापा, काभ्रेपलान्चोकका राजेन्द्र तामाङ र  काभ्रेपलान्चोकका धनध्वज तामाङ रहेका छन् ।

प्रतिक्रिया दिनुहोस