aarthiknews.com मंगलबार, २६ जेठ २०८३   Tuesday, 09 June, 2026
 

कोरियाकाे थेगु सहरमा कोरोनाको महामारी जहाँ सात हजार नेपाली काम गर्छन्

  • आजको कान्तिपुर दैनिकबाट
    आजको कान्तिपुर दैनिकबाट
  • आइतबार, ११ फागुन २०७६
कोरियाकाे थेगु सहरमा कोरोनाको महामारी जहाँ सात हजार नेपाली काम गर्छन्

थेगु । दक्षिण कोरियाको राजधानी सोलदेखि ३ किलोमिटर दक्षिणको ख्याङसान क्षेत्रमा पर्छ थेगु सहर। यही सहरमा काम गर्ने आङपासाङ शेर्पा केही दिनयता निकै बेचैन छन्, करण सहरमा फैलिइरहेको कोरोना भाइरसको संक्रमण। कोरियाको चौथो ठूलो सहर थेगुमा विभिन्न कम्पनीहरु छन्।

कामका लागि कोरिया पुगेका विभिन्न देशका कामदारको यहाँ उल्लेख्य उपस्थिति छ। तर थेगुमा केही दिनयता हवात्तै फैलिएको कोरोना संक्रमणका कारण ती कामदार त्रासमा बसिरहेका छन्।

थेगुमा शनिबार मात्रै २ सय २९ जनामा भाइरसको संक्रमण भएको छ। यो संगै कोरियामा कोरोना संक्रमितको संख्या ४ सय ३३ पुगेको छ। दुईको मृत्यु भएको छ। थेगु र आसपासका क्षेत्रमा ७ हजार नेपाली ईपीएसमार्फत काम गरिरहेका छन्। भाइरसको संक्रमण बढ्दै जाँदा सहरमा दैनिक उपभोग्य सामानको अभाव हुन थालेको थेगुमै काम गरिरहेकी पार्वती वाइबाले बबताइन्।

प्रतिक्रिया दिनुहोस