aarthiknews.com मंगलबार, २६ जेठ २०८३   Tuesday, 09 June, 2026
 

बाँस्कोटाको बचाउ गर्न प्रधानमन्त्री ओलीको यस्तो कदम !

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ११ फागुन २०७६
बाँस्कोटाको बचाउ गर्न प्रधानमन्त्री ओलीको यस्तो कदम !

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले निवर्तमान सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटामाथि छुट्टै छानबिन गर्नुपर्ने भन्दै बचाउ गरेका छन् ।  

एक सचिवालय सदस्यले भने– पार्टीलाई बदनाम हुने गरी सार्वजनिक भएको अडियो काण्डबारे  बाँस्कोटाले राजीनामा दिएर मात्र उम्किने ठाउँ छैन, पार्टीले छुट्टै छानबिन गर्नुपर्छ ।’

तर प्रधानमन्त्री ओलीले बाँस्कोटामाथि पार्टीले छुट्टै छानबिन गर्न नपर्ने भन्दै अडान लिएका थिए । पार्टीको शनिबार बसेको बैठकमा विभिन्न नेताले छानबिन गर्नुपर्ने भनाइमा जोड दिएपछि उनले बाँस्कोटाको बचाउ गर्दै भने, ‘बाँस्कोटाले राजीनामा दिइसकेकाले अब राज्य संयन्त्रले नै छानबिन गर्ने हुँदा पार्टीले छुट्टै छानबिन गर्नुपर्दैेन ।’ यो समाचार आजको नेपाल समाचारपत्रमा  छापिएकाे छ ।

प्रतिक्रिया दिनुहोस