aarthiknews.com मंगलबार, २६ जेठ २०८३   Tuesday, 09 June, 2026
 

नेपालमै मोटरसाइकल प्लान्ट खोल्ने योजना, यस कारण रोकियो

  • आजको कारोबार दैनिकबाट
    आजको कारोबार दैनिकबाट
  • आइतबार, ११ फागुन २०७६
नेपालमै मोटरसाइकल प्लान्ट खोल्ने योजना, यस कारण रोकियो

काठमाडौं । दुई पाङ्ग्रे सवारी निर्माणमा अग्रणी भारतीय कम्पनी हिरो मोटोकर्पले छिमेकी मुलुक नेपालमा प्लान्ट स्थापना गर्न आफूहरु तयार रहे पनि स्थानीय करकै कारण योजना अघि बढ्न नसकेको जनाएको छ ।

नेपाल आफूहरुका लागि निकै महत्वपूर्ण र पुरानो बजार भए पनि नेपालीका लागि नेपालमै मोटरसाइकल प्लान्ट खोल्ने योजना भने सरकारी नीतिका कारण पूरा हुन नसकेको कम्पनीका उच्च अधिकारीहरुले बताए ।

हिरोले अझै पनि नेपालमा सम्भाव्यता अध्ययन गरिरहेको र सरकारी सहयोग पाएमा लगानी गर्न इच्छुक रहेको जनाएको छ । राजस्थान राज्यको जयपुरमा रहेको हिरोको ग्लोबल सेन्टर अफ इनोभेसन एण्ड टेक्नोलोजी (सीआईटी) मा आयोजित एक कार्यक्रममा कम्पनीका ग्लोबल चेयरमेन डा. पवन मुञ्जालले नेपालको बजारलाई आफूहरुले सुरुदेखि ने विशेष महत्व दिएको बताए । 

प्रतिक्रिया दिनुहोस