aarthiknews.com मंगलबार, २६ जेठ २०८३   Tuesday, 09 June, 2026
 

भीसीटीएस प्रणालीमा थ्रेसहोल्डको माग

  • आजको कारोबार दैनिकबाट
    आजको कारोबार दैनिकबाट
  • आइतबार, ११ फागुन २०७६
भीसीटीएस प्रणालीमा थ्रेसहोल्डको माग

भैरहवा । भैरहवा वितरक सङ्घको शनिवार सम्पन्न प्रथम वार्षिक साधारण सभामा सहभागीहरूले भीसीटीएस प्रणाली व्यवहारिक भए पनि साना व्यवसायीहरूलाई धेरै अप्ठेरो परेकोले यो प्रणालीमा थ्रेस होल्ड कायम गर्नु पर्ने माग उनीहरूको थियो। 

तत्कालीन संविधानसभा सदस्य तथा भैरहवा क्षेत्रका सबैभन्दा पुराना वितरक आदित्य नारायण कशौधनले वस्तु उत्पादन गरेर मात्र नहुने त्यसको वितरण प्रणाली व्यवस्थित र समय सापेक्ष नभए असफल भइने बताए । 

उत्पादित वस्तुहरूलाई उपभोक्तामाझ पुर्‍याउन सहज वातावरण बनाउने काम सरकारको हो, थ्रेस होल्ड राखेर हुन्छ या के गरी हुन्छ भीसीटीएस प्रणालीलाई अझै वैज्ञानिक बनाउनु पर्छ, कशौधनले भने । भैरहवा वितरक सङ्घका अध्यक्ष राजकुमार जोशीले वस्तुहरू उत्पादनसँगै वितरण प्रणाली चुस्त बनाउन पर्नेमा जोड दिए ।

प्रतिक्रिया दिनुहोस