aarthiknews.com आइतबार, ०१ असार २०८२   Sunday, 15 June, 2025
 

सिमेन्ट बोकेको ट्रक त्रिशूलीमा खस्यो, चालकको मृत्यु

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ११ फागुन २०७६
सिमेन्ट बोकेको ट्रक त्रिशूलीमा खस्यो, चालकको मृत्यु

धादिङ । धादिङको बेनिघाट रोराङ गाउँपालिका ९ ज्यामिरेघाटमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । दुर्घटनामा मकवानपुरको भैंसे बस्ने ४६ वर्षीय बिखे थोकरको मृत्यु भएको हो ।

थोकरको गजुरी अस्पतालमा उपचारको क्रममा आइतबार बिहान करिब पाँच बजेतिर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । 

सिमेन्ट बोकेर वीरगञ्जबाट बनेपा जाँदै गरेको ना ५ ख ३७७७ नम्बरको ट्रक आइतबार बिहान करिब सवा तीन बजे त्रिशुली नदीमा खसेको थियो । टायर पड्किएपछि ट्रक अनियन्त्रित भएर सडकबाट करिब एक सय मिटर तल खसेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस