aarthiknews.com सोमबार, २७ जेठ २०८२   Monday, 09 June, 2025
 

बास्कोटाको बाहिर्गमन हुनु नै अर्थमन्त्री डा. खतिवडाको निरन्तरता !

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ११ फागुन २०७६
बास्कोटाको बाहिर्गमन हुनु नै अर्थमन्त्री डा. खतिवडाको निरन्तरता !

काठमाडौं ।, ७० करोड घोटला काण्डमा मुछिएपछि सूचना तथा सञ्चार मन्त्री गोकुल बास्कोटाले राजीनामा दिए । प्रधानमन्त्री केपी शर्मा ओलीका विश्वास पात्र बास्कोटाको बहिर्गमन हुनुको मतलव अर्थमन्त्रीले डा. युवराज खतिवडाले निरन्तरता पाउनु हो । 

अर्थमन्त्री डा. खतिवडा पनि प्रधानमन्त्री ओलीका विश्वास पात्र हुन् । ७० करोडको काण्डपछि बास्कोटा मन्त्रीपरिषदबाट बाहिरिएपछि प्रधानमन्त्री ओलीले आफ्ना अर्का विश्वासपात्र अर्थमन्त्री खरिवडालाई गुमाउन चाहन्न्न । त्यसैले पनि डा. खतिवडा अर्थमन्त्रीको कार्यकाल बास्कोटाले बढाइ दिएको अर्थमन्त्रालयका कर्मचारीहरु बताउँछन् ।

 ‘दुई वर्ष गाली र तेस्रो वर्ष ताली’ भन्दै आएका अर्थमन्त्री युवराज खतिवडा ताली पाउने बेलासम्म निरन्तरता पाउलान  कि गालीको अवधिमा हट्लान भन्ने बहस चल्दै आएको थियो । पछिल्लो घटनाक्रमले अर्थमन्त्री खतिवडालाई फाइदा पुगेको बिश्लेषण राजनीति बृतमा गर्न थालिएको छ ।

२०७४ फागुन १४ गते अर्थमन्त्री बनेका खतिवडाको कायकार्यकाल दुई वर्ष पूरा हुन लागेको छ । राजश्व उठाउनमै केन्द्रित भएको आरोप लागेका खतिवडाले दुई वर्षसम्म गाली र तेस्रो वर्षदेखि ताली पाउने बताएका थिए ।

दुई वर्ष गाली खाएका अर्थमन्त्री खतिवडा अर्को एक वर्ष ताली पाउने बेलासम्म रहने कि नरहने भन्ने बिषयमा चर्काचर्की बहश नै चल्दै आएको थियो ।

बास्कोटको मुद्धा बाहिर आएसँगै अर्थमन्त्री खतिवडाले निरन्तरता पाउने सम्भावना बढेको छ । अर्थमन्त्री खतिवडाको कार्यअवधि थपिने सम्भावना बलियो भएको स्रोतको दाबी छ ।

केही समयअघि अर्थमन्त्रीबाट खतिवडा हट्दैछन् भन्ने हल्ला धेरै चलेको थियो । तर, अहिले उनको समयअवधि बढने निश्चित जस्तै भएको छ । राष्ट्रिय सभा सदस्यमा खतिवडा जुन प्रक्रियाबाट नियुक्त भएका हुन् सोही प्रक्रियाबाट पुनः आउनसक्ने सम्भावना बढेको छ ।

खतिवडा राष्ट्रपतिबाट मनोनित भएर राष्ट्रियसभा सदस्य बनेका हुन् । राष्ट्रपतिबाट मनोनित खतिवडाको कार्यकाल फागुन २० मा सकिँदैछ । रिक्त हुने सो सिटमा खतिवडालाई नै ल्याउने सम्भावना बलियो बन्दै गएको छ ।

राष्ट्रियसभा सदस्यमा उनको निरन्तरता नभए पनि आगामी २० भदौसम्म उनले अर्थमन्त्रीका रूपमा काम गर्न पाउने नै छन् ।

कुनै सांसदको पदावधि सकिएको ६ महिनासम्म पनि मन्त्री रहिरहन पाउने संवैधानिक व्यवस्था छ । सोही व्यवस्थाअनुसार अर्थमन्त्री डा.खतिवडाले अगामी ६ महिनासम्म मन्त्रीका रुपमा निरन्तरता दिने तयारी पनि गरिएको छ ।

त्योभन्दा बढी अवधिका लागि मन्त्री बनाउने भएमा राष्ट्रियसभाको सदस्यमा मनोनयन गर्न पनि सकिने व्यवस्था छ ।

खतिवडाले आगामी आर्थिक वर्षको बजेट निर्माणको प्रक्रिया सुरु गरिसकेकाले पनि उनलाई तत्काल हटाउने सम्भावना त्यसैपनि कम छ । उनी सांसद रहेपनि, नरहे पनि आगामी आर्थिक वर्षको बजेट भने खतिवडाले नै प्रस्तुत गर्ने सम्भावना बढेर गएको छ ।

प्रधानमन्त्री ओलीसँगै व्यक्तिगतरुपमै निकट रहेका खतिवडालाई विज्ञ अर्थमन्त्रीको रुपमा भित्र्याइएको थियो । यसअघि २०७२ सालमा पनि ओली नै उनलाई राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा नियुक्त गरेका थिए । ओलीका विश्वास पात्र बन्दै आएकाले पनि उनलाई राष्ट्रिय सभाको सदस्यमा लैजाने सम्भावना पनि बलियो बनेको छ । 

दुई वर्षमा उनको कामबाट ओली त्यति सन्तुष्ट नदेखिए पनि तेस्रो वर्षमा सरकारले समेत ताली पाउने विश्वास खतिवडाले दिलाएका छन् । अर्थमन्त्री डा. खतिवडा पछिल्लो समय शेयर बजारप्रतिको दृष्टिमा यु टर्न देखिएपछि बजारमा सुधार आएको छ । 

नेप्से २ वर्षकै उच्च बिन्दु १४३४.५७ अंकमा पुगेको छ । शेयर बजारका लगानीकर्ताले पनि अर्थमन्त्रीलाई गाली गर्न छाडेर ताली बजाउन सुरु गरेका छन् । ‘दुई वर्ष गाली र तेस्रो वर्ष ताली’ भन्दै आएका अर्थमन्त्रीं डा. खतिवडा ताली पाउने बेलासम्म निरन्तरता पाउने निश्चित जस्तै भएको छ ।
 

प्रतिक्रिया दिनुहोस