aarthiknews.com आइतबार, २६ जेठ २०८२   Sunday, 08 June, 2025
 

हुन्डाईले ल्यायो स्प्रिंङ डिलाइट स्किम

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ११ फागुन २०७६
हुन्डाईले ल्यायो स्प्रिंङ डिलाइट स्किम

काठमाडौँ । नेपालका लागि हुन्डाई गाडीको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा. लि.ले “हुन्डाई स्प्रिंङ डिलाइट” योजना ल्याएको छ । यस योजना मार्फत ग्राहकहरुले हरेक हुन्डाई गाडीको खरिदमा आकर्षक नगद छुटका साथै विभिन्न सुबिधाहरु प्राप्त गर्ने अवसर पाउने सो कम्पनीले जनाएको छ ।

यस योजना अन्तर्गत ग्राहकहरुले हरेक हुन्डाई गाडीको खरिदमा आकर्षक नगद छुटका अलावा  निशुल्क १ वर्ष सम्मको बिमा समेत पाउने छन् । यो योजनामा सहभागी हुनेले आकर्षक एक्सचेन्ज बोनस, स्पट् एक्सचेन्ज तथा मुल्याँङ्कनको सुबिधासमेत प्राप्त गर्न सक्नेछन् । साथै हरेक हुन्डाई गाडीको खरिदमा ४ वर्षसम्म निशुल्क सर्भिस र ३ वर्षको वारेन्टी पनि प्राप्त हुनेछ । 

वसन्त ऋतुको नयाँ बहारलाई स्वागत गर्नको लागि यस कम्पनीले  ग्राहकवर्गमा नयाँ जोस र जागर उत्पन्न गर्ने लक्ष्य सहित यो अफर ल्याएको जनाएको  छ  ।  लक्ष्मी इन्टरकन्टिनेन्टलले ग्राहकवर्गको निम्ति विभिन्न नौलो योजना ल्याउने गरेको  र यो हुन्डाई स्प्रिंङ डिलाइट” मार्फत पनि ग्राहकहरुलाई विभिन्न सेवा सुविधा प्रदान गर्ने लक्ष्य लिएको कम्पनीद्वारा जारी गरिएको बिज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस