aarthiknews.com आइतबार, ०१ असार २०८२   Sunday, 15 June, 2025
 

हराएको मूर्ति जंगलमा फेला पर्यो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ११ फागुन २०७६
हराएको मूर्ति जंगलमा फेला पर्यो

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको जुगल गाउँपालिका–५ स्थित विम्रेनी वनको ओढारभित्र रहेको दोमवाङ पोखरी महादेव मन्दिरबाट हराएको मूर्ति आठ महिनापछि फेला परेको छ ।

 प्रहरी र स्थानीयको सक्रियतामा खोजतलासपछि सोही वडाको विम्रेनी सामुदायिक वनमा लुकाइछिपाई राखेको अवस्थामा शुक्रबार फेला परेको हो । भेटिएको मूर्तिलाई मन्दिरका पुजारी ङडुप लामाको जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकृत प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए । 

प्रहरीका अनुसार महादेव मन्दिरमा रहेको शीलाको साँढे (वसाह) गत साउनमा हराएको थियो । मूर्ति हराएपछि स्थानीय र पुजारीले खोजतलासका लागि भदौ ३ गते प्रहरीमा निवेदन दिएपछि खोजतलास शुरु भएको थियो ।

प्रतिक्रिया दिनुहोस