aarthiknews.com मंगलबार, २६ जेठ २०८३   Tuesday, 09 June, 2026
 

पाेखरामा हुन्छ कर छलीका मोबाइल सस्ताेमा बिक्री

  • आजको कारोबार दैनिकबाट
    आजको कारोबार दैनिकबाट
  • सोमबार, १२ फागुन २०७६
पाेखरामा हुन्छ कर छलीका मोबाइल सस्ताेमा बिक्री

काठमाडौं । पोखरा क्षेत्रमा मासिक रुपमा करिब ६ करोड मूल्य बराबरको कारोबार हुने गरेको छ । पछिल्लो एक वर्षदेखि पोखरा क्षेत्रमा करिब ४० देखि ५० प्रतिशत अवैध रुपमा भन्सार छली नेपाल भित्रिएका मोबाइल बिक्री वितरण हुँदै आएको व्यवसायीहरु बताउँछन् ।

नेपालमा आधिकारिक रुपमा भित्रिनु एक महिनाअघि नै अवैध पोखरा बजारमा विभिन्न कम्पनीका नयाँ मोडलमा मोबाइल भित्रिने गरेको नेपाल मोबाइल वितरक संघ गण्डकी प्रदेशका अध्यक्ष शिव पहारीले बताए ।

मल्टिनेशनल कम्पनी भारतमा लन्च भएको दुई/तीन दिनमै नेपालमा विभिन्न मोबाइल बिक्री वितरण हुन थालेको अध्यक्ष पहारीले जनाए । जसका मूल्य केही सस्ताे समेत हुने गर्छ ।

उनले भने, ‘यति बेला पोखरा क्षेत्रमा ४० देखि ५० प्रतिशत अवैधका मोबाइल बिक्री वितरण भएको छ, यसको रेखदेख र अनुगमन कस्ले गर्ने, यसबाट आम उपभोक्ताले तत्काल केही सहुलियतमा मोबाइल हात पारे पनि बिक्री पछिको सेवा प्राप्त गर्न कठिन हुन्छ ।’

प्रतिक्रिया दिनुहोस