aarthiknews.com मंगलबार, २६ जेठ २०८३   Tuesday, 09 June, 2026
 

‘आदेश आए १ महिनाभित्रै रेल गुड्छ’ : रेल विभाग

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १२ फागुन २०७६
‘आदेश आए १ महिनाभित्रै रेल गुड्छ’ : रेल विभाग

जनकपुर । भारतको जयनगरदेखि जनकपुर–कुर्था खण्डमा रेल सञ्चालन गर्न तत्काल आदेश पाए एक महिनाभित्र रेल सञ्चालन गर्न सकिने रेल विभागले जनाएको छ ।

यसका लागि सम्पूर्ण पूर्वाधार तयारी अवस्थामा रहेको विभागका महानिर्देशक बलराम मिश्रले बताए । ‘रेलमार्ग र रेलगाडीलगायत पूर्वाधार तयारी अवस्थामा छ । आदेश पाए एक महिनाभित्र सञ्चालन गर्न सक्छौँ ।’ उनले भने ।

विभागले ३५ किमि रेलमार्गसहित २ थान रेलगाडी तयारी अवस्थामा राखेको जनाएको छ । रेलगाडी खरिदका लागि सरकारले यसअघि करिब ८५ करोड रुपैयाँ रकम विनियोजन गरिससकेको छ ।  आजको नेपाल समाचारपत्रबाट

प्रतिक्रिया दिनुहोस