aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

अमेरिकी राष्ट्रपति ट्रम्प भारत पुगे

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १२ फागुन २०७६
अमेरिकी राष्ट्रपति ट्रम्प भारत पुगे

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प दुई दिने भ्रमणका लागि सोमबार भारत पुगेका छन् ।

उनलाई अहमदावादको सरदार भल्लाभभाइ पटेल अन्तर्राष्ट्रिय विमानस्थल पुगेर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले स्वागत गरेका हुन् ।

अब ट्रम्प परिवारले महात्मा गान्धीको सबरमती आश्रमको अवलोकन गर्ने छन् ।

उनले विश्वकै विशाल क्रिकेट स्टेडियमको उद्घाटन गर्नेछन् जहाँ एक लाख नागरिकले सहभागिता जनाउने बिबिसी हिन्दीले बताएको छ ।

साथै, आगरास्थित ताजमहलमा पनि घुम्ने तालिकामा रहेको भारतीय सञ्चारले जनाएको छ ।

ट्रम्पकी पत्नी मेलिनिया ट्रम्पले दिल्लीका सरकारी विद्यालयमा पनि भ्रमण गर्ने जनाइएको छ ।

ट्रम्प दम्पत्ति भ्रमणमा आउने भएपछि भारतका तीन सहरमा तीन तहको सुरक्षा कायम गरिएको छ ।

प्रतिक्रिया दिनुहोस