aarthiknews.com आइतबार, ०१ असार २०८२   Sunday, 15 June, 2025
 

भक्तपुरमा मिनी ट्रकको ठक्करबाट बालकको मृत्यु

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १२ फागुन २०७६
भक्तपुरमा मिनी ट्रकको ठक्करबाट बालकको मृत्यु

भक्तपुर । भक्तपुर नगरपालिका–९ च्यामासिंहबाट ब्रम्हायणीतर्फ जाँदै गरेको बा३क ३५८८ नंको मिनी ट्रकले ठक्कर दिँदा एक पैदल यात्री बालकको मृत्यु भएको छ । 

ठक्करबाट भक्तपुर–१० कमलविनायक बस्ने ११ वर्षीय तिलक मकाजूको मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रवक्ता दीपक गिरीले जानकारी दिए ।

मिनी ट्रकको ठक्करबाट घाइते भएका मकाजूको जनस्वास्थ्य सेवा केन्द्र भक्तपुरमा उपचार हुन नसकेपछि बी एन्ड बी अस्पताल ग्वार्को ललितपुर लगिएकामा उपचारकै क्रममा गए राति मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । 

ठक्कर दिने सवारीसाधन र सवारी चालक रोल्पा रुम्तीगढी गाउँपालिका–१ घर भई हाल सूर्यविनायक–१० भातेढिकुर बस्ने २६ वर्षीय सुरेश मगरलाई पक्राउ गरी कारवाही अगाडि बढाइएको प्रहरीले जानकारी दिएको छ ।
 

प्रतिक्रिया दिनुहोस