काठमाडौं । बागमती नदीको प्रमुख सहायक खोला मध्यको एक हनुमन्ते खोला हराभरा बनाउने अभियान (आयोजना) तिब्र रूपमा अघि बढिरहेकाे छ ।आयोजनाका कार्यहरू आव २०७५/०७६ बाट राधेराधेदेखि शुरु भएकाे उक्त आयोजना आव २०७६/०७७ मा सल्लाघारी पुलदेखि बालकुमारी पुल सम्मको करिव ९ किलोमिटर हनुमन्ते नदीलाइ व्यवस्थापन गर्ने गरि नदीको दवै किनारामा ८ मिटर चौडा कालो पत्र सडक १ देखि २ मिटर चौडा फुटपाथ र १० मिटर चौडा हरियाली क्षेत्र बनाउने काम भइरहेकाे अधिकार सम्पन्न बाग्मती सभ्यता एकिकृत सिवकास समितीले जनाएकाे छ ।
बर्सेनी डुबानमा पर्ने उक्त राधे राधे क्षेत्र तथा बढ्दो जननख्या, अनियन्त्रित शहरीकरण, अव्यवस्थित ढल निकास र औद्योगीकण एवं गार्हस्थ निष्कासनको एवं गार्हस्थ निष्कासनका विकृतीपुर्ण अवस्थाको काराण पवित्र तिर्थस्थल एव सभ्यताको प्रतिक वाग्मती नदीमा भएको प्रदुषणलाई ब्यवस्थित गर्ने ढंगले काम अगाडी बढाएकाे हाे ।
वागमती नदी र यसका सहायक नदीहरुमा सरसफाइको कार्यक्रम सञ्चालन गर्ने, नदी किनारामा ढलको पाईप विच्छ्याउने, नदी कटान नियन्त्रण एवं नदीको बहाव क्षेत्र अतिक्रमण रोक्न तटबन्ध निर्माण गर्ने, नदी किनारामा सडक निमार्ण, पार्क एव हरियाली प्रबद्धनको साथै ढल प्रशोधन केन्द्र निर्माण, सञ्चालन व्यावस्थापन गर्ने जस्ता कार्यहरु अधिकार सम्पन्न वाग्मती सभ्यता एकिकत विकास समितिबाट हुदै आएको छ ।
हालसम्म बित्तीय प्रगतिः २०.१२ प्रतिशत र भौतिक प्रगति तर्फ २५.९१ प्रतिशत काम भएकाे अधिकार सम्पन्न बाग्मती सभ्यता एकिकृत सिवकास समितीले जानकारी दिएकाे छ । साथै, उक्त स्थानमा काम गर्दा राधे राधे पल नजिक साख स्टीलले ठाँउ खालि नगरेको, सुन्दर बस्तीमा (चार दोबाटो पल) जग्गा विवाद र बालकुमारी कोलोनीमा जग्गा विवाद रहेकाेले काम अघि बढाउन समस्या भइरहेकाे समेत समितिले जनाएकाे छ ।
प्रतिक्रिया दिनुहोस