aarthiknews.com आइतबार, ०१ असार २०८२   Sunday, 15 June, 2025
 

महिला हवल्दारमाथि बलात्कार गरेको आरोपमा पूर्व असई पक्राउ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १२ फागुन २०७६
महिला हवल्दारमाथि बलात्कार गरेको आरोपमा पूर्व असई पक्राउ

काठमाडौं । आफ्नै सहकर्मी (महिला प्रहरी)लाई बलात्कार गरेको आरोपमा नेपाल प्रहरीका पूर्व सहायक निरीक्षक (असई) पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा प्रहरीका पूर्व असई राजेन्द्र राई छन् । आफूमाथि बलात्कार गरेको भन्दै प्रहरीकै एकजना महिला हवल्दारले उजुरी दिएपछि राईलाई पक्राउ गरिएको हो ।

महिला प्रहरी हवाल्दारले ९ महिना अगाडि राईले आफूमाथि बलात्कार गरेको आरोप लगाएकी छन् ।

राईले ९ महिना अगाडि नै प्रहरी सेवाबाट राजीनामा दिएका थिए । प्रहरी प्रधान कार्यालयको सुरक्षा सेवा निर्देशनालयमा कार्यरत राईले घरायसी कारण देखाउँदै राजीनामा दिएका थिए ।

प्रतिक्रिया दिनुहोस