aarthiknews.com मंगलबार, २६ जेठ २०८३   Tuesday, 09 June, 2026
 

नेपालमै छ यस्तो ठाउँ जहाँ विवाहित छोरीलाई पनि अंश दिइन्छ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, १३ फागुन २०७६
नेपालमै छ यस्तो ठाउँ जहाँ विवाहित छोरीलाई पनि अंश दिइन्छ

हेटौडा । हेटौडा उपमहानगरपालिका–१४ का तामाङ समुदायले विवाह गरेकी छोरीलाई पनि अंशबापत जग्गाजमिन दिने गरेका छन् । 

आजको नेपाल समाचारपत्र अनुसार १ सय ६५ घरधुरी रहेको बस्तीका अधिकांशले आफ्ना विवाहित छोरीलाई पनि अंश दिएका छन् । उक्त बस्तीमा तामाङ समुदायको बसोबास छ ।

२०७५ साल भदौ १ गतेदेखि लागू भएको मुलुकी देवानी संहिता–२०७४ ले छोरीलाई पनि अंशको समान हकदार बताए पनि यो व्यवहारमा लागू हुन नसकेको अवस्थामा हटौंडाका नागरिक भने नमुना बनेका छन् । 

हालसम्म पनि एकाधबाहेक बाबुआमाले छोरीलाई अंश दिने चलन छैन । उजुरी नै दिए पनि छोरीलाई अंश दिने चलन छैन । उजुरी नै दिए पनि छोरीलाई अंश दिलाउने कानुनहरु यसअघि पर्याप्त नभएको सम्बद्ध विज्ञहरुको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस