aarthiknews.com आइतबार, ०१ असार २०८२   Sunday, 15 June, 2025
 

कर्णाली नदीमा जीप खस्यो, चालक बेपत्ता

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, १३ फागुन २०७६
कर्णाली नदीमा जीप खस्यो, चालक बेपत्ता

कालिकोट । कर्णाली करिडोरमा जीप खसेको छ । कालिकोटको नरहरीनाथ गाउँपालिका १ जिते बजारको पुल पारी कर्णाली करिडोरमा बिहान १० बजेतिर जीप कर्णालीमा खसेको हो । १ च ४१४१ नम्बरको जीप कर्णालीमा खस्दा चालक बेपत्ता भएका छन् ।

प्रहरीका अनुसार जीप चालक दैलेखको गुराश गाउँपालिका ४ का चक्रबहादुर खड्का बेपत्ता भएका हुन् । उनको खोजी भइरहेको छ ।

कर्णाली करिडोरमा संचालन हुने उक्त जीप जिते बजारको पुल पारी यात्रुलाई झारेर मोड्नेक्रममा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय कालिकोटका सूचना अधिकारी यक्षराज जोशीले बताए । जीप नदीबाट निकाल्ने काम भइरहेको प्रहरीले जनाएकाे छ ।

प्रतिक्रिया दिनुहोस