aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

भारत भ्रमणमा रहेका ट्रम्प बिरूद्द दिल्लीमा प्रदर्शन, ५ जनाको मृत्यु

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, १३ फागुन २०७६
भारत भ्रमणमा रहेका ट्रम्प बिरूद्द दिल्लीमा प्रदर्शन, ५ जनाको मृत्यु

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प भारत भ्रमणमा पुगेको  समयमा राजधानी नयाँ दिल्लीमा भएको प्रदर्शनको क्रममा पाँच जनाको ज्यान गएको छ ।

नागरिकता संशोधन कानूनको विरोध र समर्थनमा प्रदर्शनमा उत्रिएकाहरुबिच भएको भिडन्तमा पाँच जनाको ज्यान गएको हो । बीबीसीमा प्रकाशित समाचार अनुसार चार जना प्रदर्शनकारी तथा एक प्रहरीको ज्यान गएको हो ।

त्यस्तै २४ जनाभन्दा बढी घाइते भएका छन् । उनीहरुको विभिन्नि अस्पतालमा उपचार भइरहेको छ । कानूनका समर्थक तथा विपक्षीहरुबीचको झडपमा सवारी साधन प्रयोग गरेर प्रदर्शनकारीहरुलाई तितरबितर पारिएको थियो । त्यस्तै प्रहरीले गोल समेत चलाएको थियो भने प्रदर्शनकारीहरुले पनि गोली चलाएको फोटो सार्वजनिक भएको छ ।

कानून भारतका २ करोड मुसलमानहरुविरुद्ध आएको भन्दै लामो समयदेखि प्रधानमन्त्री नरेन्द्र मोदीविरुद्ध आन्दोलन भएको छ । सोमबार भारत भ्रमणमा गएका राष्ट्रपति ट्रम्प अहमदाबाद पुगेका थिए ।

उनी मंगलबार नयाँ दिल्ली पुग्ने कार्यक्रम छ । उनलाई दिल्लीमा भब्य स्वगत गर्ने तयारी भइरहेको र अर्कोतिर प्रदर्शन पनि भइरहेको बेला दिल्लीको सुरक्षा व्यवस्था अत्यान्तै कडा पारिएको छ ।

प्रतिक्रिया दिनुहोस