
काठमाडौं । बढ्दो बजारको विश्लेषण गर्दै सुनको मूल्य अझै बढ्न सक्ने अनुमान गर्न थालिएको छ । पछिल्लो समय विश्व बजारमा सुनको मूल्य बढेसँगै यसको असर घरेलु बजारमा पनि देख्रिएको छ । यहि ट्रेनमा बजार बढ्दै जाने हो अझै सुनको मूल्य अनुमान नेपाल सुन चाँदी व्यवसायी महासंघले गरेको छ ।
‘यहि अनुसार बजार बढ्ने हो भने अब प्रतिऔंस सुन खरिद गर्न १७०० डलर खर्चनु पर्ने दिन आउने महासंघका वरिष्ठ सदस्य तेजरत्न शाक्यले बताए । ‘बजार करेक्सन भएर आयो भने केही हुन सक्छ, नत्र बजार घट्दैन’, उनी थप्छन् ‘यस्तै अवस्थाम ८५ हजार तोला सुन सहजै पुग्छ ।’ अहिले म आम उपभोक्तालाई अहिले सुन नकिन्न आग्रह गर्छु । ‘अत्यावश्यक भएमात्रै किन्ने हो नत्र अहिलेको अवस्था भनेको पर्ख र हेरको अवस्था हो ।’
गत आर्थिक वर्षको अन्त्यसम्म अर्थात असार मसान्तसम्म करिब ६३÷६४ हजार तोला रहेको प्रतितोला सुन अहिले यो अवधिमा बढेर ८० हजार नाघेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघले त्यति बेला नै बजारको प्रवृत्ति बढ्ने बताएका थिए । यो अवधिमा सुनको मूल्यले सो मूल्य क्रस गरिसकेको छ ।
विश्व बजारमा डलरको मूल्य तलमाथि हुने क्रम जारी छ । हिजो सोमबार दिउँसो १६८५ डलरमा कारोबार भएको प्रतिऔंस सुन बेलुका १६४० मा झर्यो । अहिले १६५६ मा प्रतिऔंस सुनको कारोबार भइरहेको छ । आज सुनको मूल्य घट्नु ठोस कारण केही छैन ।बजार अस्थिर भएरमात्रै यो करेक्स भएको शाक्यले बताए ।
यद्यपि मंगलबार घरेलु बजारमा सुनको मूल्य भने घटेको छ । सोमबार ८० हजार ३ सयमा कारोबार भएको सुन डलरको मूल्य बढ्दा समेत सुनको मूल्य भने घटेको छ । मंगलबार सुनको मूल्य ३ सय रुपैयाँले घटेर ८० हजार रुपैयाँमा कारोबार भएको छ । अहिलेको अवस्था अस्थिर बजारको परिणाम भएको नेपाल सुन चाँदी व्यवसायी महासंघका वरिष्ठ सदस्य तेजरत्न शाक्यले बताए । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढ्दा नेपाली बजारमा यसको असर पर्ने हो । डलरको मूल्य केही बढेपनि सुनको मूल्य भने आज केही घटेको छ । हामी बजारको ट्रेनलाई पच्छाइ रहेका छौं । २४ घण्टा अध्ययन गरेपछिमात्रै भोलिको अवस्था भन्न सकिन्छ ।
कोरोना भाइरसका कारण बजार अझ अस्थिर
अहिले विश्वव्यापी बजारमै आर्थिक अस्थिरता देखिएको छ । कोरोना भाइसरका कारण बजार अस्थिर देखिएको छ । यसको समाधान नभएसम्म बजार तलमाथि भइरहन्छ । जब जब विश्व बजारमा केही संकट आइपर्छ त्यस्तो बेला सुनको मूल्य यसरी नै अस्थिर हुने गरेको उनले बताए । ‘अहिले कोरोनाका कारण आर्थिक अवस्था डामाडोल बन्दै गएको छ,’उनी भन्छन् ‘यसको असर सुन बजारमा देखिएको हो ।’
महासंघका अनुसार आज घटेको मूल्य थोरैमात्र करेक्स भएको हो । अमेरिकी बजारमात्र होइन यूरोप र एशियामा समेत शेयर बजार तल ओर्लिएको छ । ‘यस्तो अवस्थामा लगानीकर्ताले सुरक्षित बजारमा लगानी गर्न रुचाउँने विश्वव्यापी ट्रेन हो,’ उनले थपे । विश्व बजारमै सुनको माग बढी हुँदा सुनको मूल्य बढ्ने प्रवृत्तिमा देखिएको छ । विश्व बजारमा शेयरमा खेल्ने धेरै खेलाडी छन् । उनीहरूले बजारलाई नै प्रवाह पार्ने गरी बढी प्रतिफल पाउने कमोडिटी वस्तुमा लागनी गर्छन ।
प्रतिक्रिया दिनुहोस