aarthiknews.com आइतबार, ०१ असार २०८२   Sunday, 15 June, 2025
 

ह्यूण्डाईले ल्यायो (आइओएआईक्यु  २०२०) ईलेक्ट्रीक कार नेपालमा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, १३ फागुन २०७६
ह्यूण्डाईले ल्यायो (आइओएआईक्यु  २०२०) ईलेक्ट्रीक कार नेपालमा

काठमाडौं । लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा.लि., ह्यूण्डाईको नेपालका लागि आधिकारिक विक्रेताले आफ्नो नयाँ ईलेक्ट्रीक कार आयोेनिकआइओएआईक्यु २०२० लन्च गरेको छ । 

ह्यूण्डाई आयोेनिक को यो नवीनतम भर्जन अझ उत्कृष्ट पावर र विशेषताका साथ आएको छ । यो नयाँ ईलेक्ट्रीक प्रिमियम सेडानले ईलेक्ट्रीक गाडीको जगतमै नयाँ आयाम रच्ने कम्पनीले जनाएको छ । यसको अत्याधुनिक प्रविधिले तपाईंको राइडलाई पावरफूल, आरामदायी, सुरक्षित र झनझट मुक्त बनाउने दावी गरेको छ ।

आयोेनिक मा ३८.३ किलोवाट ईलेक्ट्रीक मोटरको साथ १ सय किलो वाटको ब्याट्री पावर छ र यसको अधिकतम स्पीड १६५ किलोमिटर पर आवर रहेको छ, जसले यसलाई बिना झनझट लामो दूरीको यात्राको लागि उत्कृष्ट बनाउँछ र यसको ड्राइभिङ्ग रेन्ज ३११ कि.मि. छ । यो पूर्ण ईलेक्ट्रीक मोबिलिटीले पार्टहरु हल्लिन कम गर्ने भएकोले गाडी कुनै आवाज बीना आरामले गुड्न सक्ने छ ।

नयाँ आयोेनिक २०२०मा प्याडल सिफ्ट गर्न मिल्ने सुविधा छ, जसले रिजेनेरेटिभ ब्रेकिङ्गमा चार लेबलको नियन्त्र प्रदान गर्दछ र यसले चालकलाई सिस्टमको डिफल्ट इको ड्राइभिङ्गको र तीव्र प्रदर्शनको लागि फुल पावर प्रदान गर्छ । 

आयोेनिक २०२०को साथ ग्राहकले अब ईलेक्ट्रीक गाडी किन्दा लुक्समा सम्झौता गर्नु पर्दैन किनकि यसमा लिड डीआरएल र हेडल्याम्पस, स्मार्ट ईलेक्ट्रीक सनरुफ र नयाँ आइकोनिक ग्रील छ । यसमा विभिन्न आरामदायी र सहुलियतका विशेषताहरु छन्, जस्तै कि ८ इन्चको फ्लोटिङ्ग टच स्क्रीन, हिटेड र भेन्टिलेटेड सिटहरु, ड्राइभ मोड सेलेक्ट, वायरलेस फोन चार्जर इत्यादि रहेका छन् । 

यसै गरी यी गाडीहरु ७–एयर ब्याग सिस्टम, हिल एसिस्ट कन्ट्रोल, एन्टी–लक ब्रेकिङ्ग सिस्टम, ईलेक्ट्रोनिक स्टेबिलिटी कन्ट्रोल, रियर पार्किङ्ग क्यामरा र सेन्सरहरु जस्ता सुरक्षावद्र्धक विशेषताहरु रहेको छ ।
ह्यूण्डाई ग्राहकहरुको बारे सोच्ने ब्राण्ड हो र हामी हाम्रो भावी सन्ततीलाई फाइदा हुने दीर्घकालीन परिवर्तन ल्याउन सफा मोबिलिटी समाधान प्रदान गर्नका लागि प्रतिबद्ध छौं । 

ग्राहकहरुलाई ड्राइभिङ डाइन्यामिक्स, लुक्स र पर्फरमेन्समा सम्झौता नगरी विविध वातावरण मैत्री गाडीहरुबाट प्रेरित गर्न इलेक्ट्रिक गाडीमा फोकस गरेको जनाएको छ ।
 

प्रतिक्रिया दिनुहोस