
काठमाडौं । सहयोगी विकास बैंकको प्रस्तावित लाभांश घटेको छ ।
बैंकले गत कात्तिक १६ गते गत आर्थिक वर्ष २०७५/७६ को नाफाबाट १९ दशमलव ३ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको थियो । उक्त प्रस्ताव स्वीकृतिका लागि पेश गरेकोमा नेपाल राष्ट्र बैंक १८ दशमलव ७२ प्रतिशत नगद लाभांश शेयरधनीहरुलाई दिन भनेको छ ।
यो लाभांश आगामी साधारण सभाले पारित गरेपश्चात शेयरधनीहरुले पाउनेछन् ।
प्रतिक्रिया दिनुहोस