aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

इरानीका उप-स्वास्थ्यमन्त्रीलाई नै कोरोनाभाइरस

  • एएफपी
    एएफपी
  • मंगलबार, १३ फागुन २०७६
इरानीका उप-स्वास्थ्यमन्त्रीलाई नै कोरोनाभाइरस

तेहरान । इरानमा कोरोना भाइरसको सङ्क्रमण जटिल बन्दै गएको इरानी स्वास्थ्य मन्त्रालयका अधिकारीले बताएका छन् । इरानका उप–स्वास्थ्य मन्त्रीलाई नयाँ कोरोना भाइरस सङ्क्रमण भएको मन्त्रालयका एक अधिकारीले मङ्गलबार बताए । इस्लामिक गणतन्त्रमा कोरोना भाइरसले ठूलो प्रकोपको रूप लिइसकेको उनले बताए । इरानमा उच्च अधिकारीमा कोरोना भाइरसको सङ्क्रमणको पुष्टि भएको यो पहिलो घटना हो ।

स्वास्थ्य मन्त्रीका सञ्चार सल्लाहकार अलिरेजा वाहबजादेहले ट्वीटमा भने, “कोरोना भाइरसविरूद्ध अग्रमोर्चामा रहेर सङ्क्रमित अन्य नागरिकको सहयोगमा जुटिराखेका उप स्वास्थ्य मन्त्री हरिर्चीको कोरोनाभाइरस सङ्क्रमण परीक्षण भएको र परीक्षणमा सङ्क्रमण पुष्टि भएको छ ।” 

वाहबजादेहका अनुसार उप–स्वास्थ्यमन्त्री इरज हरिर्चीले सरकारका प्रवक्ता अलि रबिएसँगै सोमबार गरेको पत्रकार सम्मेलनका दौरानमा पटक पटक खोक्नुभएको थियो भने पसीना बगाएको देख्न सकिन्थ्यो । लक्षणका आधारमा उहाँलाई अस्पताल पु¥याइएको थियो जहाँ उनलाई भर्ना गरी उपचार सुरू भएको छ ।

प्रतिक्रिया दिनुहोस