aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 
सोल्टी होटलको नाफा २३ करोड

सोल्टी होटलको नाफा २३ करोड

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ३१ बैशाख २०७६
सोल्टी होटलको नाफा २३ करोड

काठमाडौं । सोल्टी होटल लिमिटेडले चालू आर्थिक वर्षको तेस्रो त्रैमास अर्थात चैतसम्ममा २३ करोड १० लाख खुँद नाफा कमाएको छ । यो होटलले कर पछिको खुँद नाफ अघिल्लो वर्षको सोही अवधिमा १५ करोड १७ लाख रुपैयाँ थियो ।


चालू आर्थिक वर्षको तेस्रो त्रैमासमै यो होटलले गरेको यस्तो नाफा ७ करोड ९३ लाख रुपैयाँले बढाउन सफल भएको छ । होटलले शेयर पुँजी ६६ करोड ६० लाख रुपैयाँ रहेको छ ।

होटलले खानाका परिकारको बिक्रीबाट २२ करोड रुपैयाँ कमाएको थियो । यसले कर्मचारी सुविधामा खर्च, सञ्चालन खर्च, गतिह्रास तथा प्रसासनिक गरी कुल १ अर्ब २ करोड रुपैयाँ खचिएको छ । यसको कुल आम्दानी भने १ अर्ब ३१ करोड रहेको छ । यो होटलको प्रतिशेयर आम्दानी ३ रुपैयाँ ४७ पैसा रहेको छ । 

प्रतिक्रिया दिनुहोस