
काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्थाले नागबेली लघुवित्त वित्तीय संस्थालाई प्राप्ती गर्ने भएको छ । दुबै कम्पनीहरु विच प्राप्तीको विषयमा फागुन १३ गते समझदारी पत्रमा हस्ताक्षर भएको कम्पनीका सचिव तुलसी राम पाठकले जानकारी दिएका छन् ।
मिर्मिरे लघुवित्तको केन्द्रिय कार्यालय काभ्रेको बनेपा बजारमा रहेको छ भने नागबेलीको झापाको बिर्तामोड बजारमा रहेको छ ।
प्रतिक्रिया दिनुहोस