
काठमाडौं । शिवानी राना तिमिल्सिना, एक शिद्धहस्त चित्रकार । बुधबारदेखि नेपाल आर्ट काउन्सिल बबरमहलमा उनको एकल कला प्रद्र्धशनि चलिरहेको छ । भगवान गणेश उनका कला कृतीमा लामो समयसम्म केन्द्रिय भावमा बसे । शिवानीका अनुसार प्रकुतीको इश्वर्य प्रस्तुतीकरण, रंगहरुको वर्णनात्मक उपस्थिती उनका चित्रकलाका विषेशता हुन् ।
सन् २०१२ मा अेमेरिकाको बोस्टर्न यूनिभर्सिटिमा आफ्नो कलाकारितालाई निखार्ने मौका पाएकि उनले सन् २०१४ मा बेष्ट पोटैफोलियो अवार्ड समेत हात पारिन् । त्यसपछि एक बर्ष सम्म त्यहि अध्ययन गर्ने क्रममा विश्वभर नै ख्याती कमाएका पौल स्टप फोर्थ एन्जेलिना गोल्र्डोनी, एरिका, अदाम, नान फ्रिमेन जस्ता कलाकारहरुको संगत र सहकार्यको मौका उनले पाएकी थिईन् ।
त्यस पछि उनि नेपाल फर्के लगतै आएको विध्वशंकारी महा भुकम्पले पुर्याएको क्षति त्यसको पिडा र अनुभूतीका प्रभाव उनका पछिल्ला चित्रमा देख्न सकिन्छ ।
भगवान गणेश बाहेक उनि आफ्नो चित्रकलामा भएको विकासका लागि चित्रकार तथा सहायक प्रध्यापक विपिन घिमिरेलाई जस दिन्छिन् । उनका अनुसार घिमिरेको सहयोग र उत्प्रेरणा सधै महत्वपूण रहे ।
शिभानी भन्छिन्, ‘विषय जेसुकै होस मेरो लागि रंग महत्वपुर्ण कुरा हो ।’ त्यसैले उनि म्यातिसको यो भनाईलाई पटक पटक दाहोर्याउछिन् । रंगहरु पोत्नु मात्र पर्याप्त हुदैँन । एका तर्फको सुन्दरता र अर्को पाटोको रंगको बिच तादम्यता मिल्नु पर्छ । नत्र त्यो रंग हरुको भिड मात्र ठहर्न सक्छ ।
उनले बनाएका चित्रमा १० देखि ४५ हजारसम्ममा विक्री हुने गरेका छन् ।
प्रतिक्रिया दिनुहोस