aarthiknews.com आइतबार, ०१ असार २०८२   Sunday, 15 June, 2025
 

सभामुख र मन्त्रीको जागीर खाइदिने पत्रकारको घर वरपर शङ्कास्पद गतिविधि, सुरक्षा माग

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, १४ फागुन २०७६
सभामुख र मन्त्रीको जागीर खाइदिने पत्रकारको घर वरपर शङ्कास्पद गतिविधि, सुरक्षा माग

काठमाडौं । पत्रकार अजयबाबु शिवाकोटीको निवास वरपर शङ्कास्पद गतिविधि बढेकाले नेपाल पत्रकार महासंघले सुरक्षामा ध्यान दिन सरकारसँग माग गरेको छ ।  महासङ्घका महासचिव रमेश विष्टले पत्रकारिता गरेकै कारण आफू असुरक्षित भएको भनी महासङ्घमा शिवाकोटीले जानकारी गराउनु भएकाले सुरक्षा व्यवस्था मिलाउन माग गरेको बताए । 

उनले पत्रकार शिवाकोटीको सुरक्षाको व्यवस्था गरी स्वतन्त्र र सुरक्षित पत्रकारिता गर्ने वातावरण बनाउन माग गरेका जानकारी दिए । शिवाकोटीले आफ्नो निवास र कार्यालय वरपर केही अपरिचित व्यक्तिले शङ्कास्पद गतिविधि बढाएकाले आफू असुरक्षित भएको भनी महासङ्घलाई जानकारी गराउनुभएको महासचिव विष्टले बताए । उनले स्वतन्त्रतापूर्वक पत्रकारिता गर्ने पत्रकारको संवैधानिक अधिकारलाई हतोत्साहित बनाउने यस्तो गतिविधिको महासङ्घ भत्र्सना गर्दछ भने ।  

प्रतिक्रिया दिनुहोस