aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

दुई विमान आकाशमा ठोक्किँदा ...

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ३१ बैशाख २०७६
दुई विमान आकाशमा ठोक्किँदा ...

सोमबार अपरान्ह अमेरिकाको अलास्कास्थित केत्चिकनमा दुई विमान आकाशमा ठोक्किँदा पाँचजनाको मृत्यु भएको छ । यसबारे प्रिन्स क्रुज लाइन्सले प्रेस विज्ञप्ति जारी गर्दै जानकारी दिएको छ ।

उक्त दुर्घटना स्थानीय समयानुसार १ बजेको हो । यूएस फेडरल एभिएशन एडमिनिस्ट्रेशन (एफएए) का अनुसार कून केव इलाका नजिकै द हेविल्याण्ड डिएचसी–२ बीवर र द हेविल्याण्ड अटर डिसी–३ विमान ठोक्किएका हुन् ।

दुर्घटनाको कारण पत्ता लाग्न सकेको छैन । बीवरमा पाँच र अटरमा ११ यात्रु सवार थिए । बीवरमा सवार सबै यात्रुको मृत्यु भयो । चारको स्थिती गम्भीर बताइएको छ । 

ताक्वान एयरद्वारा सञ्चालित पानीमा समेत तैरने सानो ‘फ्लोट प्लेन’ १० जना यात्रुसहित अलास्काको मिस्टी जोर्डसको भ्रमणबाट फर्किरहेको थियो ।

अर्कोमा रोयल प्रिन्सेस क्रुजका चार यात्री सवार विमान पनि अर्को यात्राबाट फर्किरहेको विज्ञप्तिमा बताइएको छ । रोयल प्रिन्सेस विमानका चार यात्रु र पाइलटको मृत्यु भएको पुष्टि भएको छ ।

ताक्वान एयर प्लेनका ९ यात्रुलाई उद्धार गरिएको छ भने उनीहरुको उपचार भइरहेको छ  । उक्त विमानका एकजना हराइरहेको जानकारीमा उल्लेख छ । विज्ञप्तिमा पाइलटलाई के भयो भन्ने जानकारी दिइएको छैन ।

प्रतिक्रिया दिनुहोस