aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

दिल्ली हिंसामा मृत्यु हुनेको संख्या ३२ पुग्यो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, १५ फागुन २०७६
दिल्ली हिंसामा मृत्यु हुनेको संख्या ३२ पुग्यो

नयाँ दिल्ली । भारतको राजधानी नयाँ दिल्लीमा गत आइतबारदेखि भड्किएको हिंसामा मृत्यु हुनेको संख्या ३२ पुगेको छ । ‘पीटीआई’ समाचार एजेन्सीले स्वास्थ्य विभागका एक अधिकारीलाई उद्धृत गर्दै जनाएअनुसार हिंसाका कारण मृत्यु हुनेको संख्या ३२ पुगेको हो ।

दिल्लीको उत्तरपूर्वी क्षेत्रमा जारी हिंसामा सयौँको संख्यामा घाइते भएको जनाइएको छ ।

हिंसाका क्रममा घाइते भएकाहरुलाई अस्पताल लगिएको थियो । तीमध्ये दिल्लीस्थित गुरु तेगबहादुर अस्पताल (जीटीबी अस्पताल) प्रशासनले ३० जनाको मृत्यु भएको जानकारी दिएको छ भने नायक जयप्रकाश नारायण अस्पतालमा थप दुई जनाको मृत्यु भएको जनाइएको छ ।

यसैबीच विपक्षी दल काँग्रेस आईकी अन्तरिम अध्यक्ष सोनिया गान्धीको अगुवाईमा बिहीबार विजय चोकबाट राष्ट्रपति भवनसम्म ¥याली आयोजना गरिदैँछ । सोनिया गान्धीले दिल्लीमा जारी हिंसाका बारेमा राष्ट्रपति रामनाथ कोविन्दलाई पार्टीका तर्फबाट ज्ञापनपत्र बुझाउने जनाइएको छ । एजेन्सी  

प्रतिक्रिया दिनुहोस