
काठमाडौं । अपि पावर कम्पनीले बोनस र हकप्रद शेयरको प्रस्ताव गरेको छ ।
कम्पनीले चैत ७ गते कार्की बैंक्वेट, माईतीघर, काठमाडौंमा १६औं वार्षिक साधारण सभा आव्हान गर्दै बिहान ११ बजे सभा बोलाएको हो ।
कम्पनीको फागुन १२ गते बसेको सञ्चालक समितिको बैठकले सभा गर्ने निर्णय गरेको थियो । सभाको अन्य प्रस्तावमा कम्पनीको प्रबन्धपत्र र नियमावलीमा संशोधन गरी अग्राधिकार शेयर सम्बन्धी व्यवस्था गर्ने रहेको छ ।
साथै, ५ जना सञ्चालकहरुको निर्वाचन गर्ने र हकप्रद निष्कासनबाट प्राप्त हुने रकम कम्पनीले निर्माण गरिरहेको ४० मेगावाट क्षमताको माथिल्लो चमेलिया जलविद्युत आयोजनामा थप लगानी गर्ने लगायतका विषयमा पनि छलफल गर्नेछ ।
साधारण सभा प्रयोजनको लागि कम्पनीले चैत १ गतेदेखि ७ गतेसम्म शेयरधनी दर्ता पुस्तिका बन्द गर्ने भएको छ । चैत ६ गतेसम्मका कायम शेयरधनीले मात्र सभामा भाग लिन पाउनेछन् ।
प्रतिक्रिया दिनुहोस