
काठमाडाैं । कार दुर्घटनामा परेर पूर्वउपप्रधानमन्त्री तथा नेकपा मालेका महासचिव सीपी मैनाली घाइते भएका छन् । मैनाली चढेको गाडी महोत्तरीको बर्दिवासमा दुर्घटना भएको हो । दुर्घटनामा परी महासचिव मैनाली गम्भीर घाइते भएका छन् ।
मैनालीसहित पाँच जना घाइतेको जनसेवा अस्पताल बर्दिवासमा प्राथमिक उपचार भएको थियो ।
झापाबाट महासचिव मैनाली, उनका छोरा, बुहारी, नाति र चालकसहित काठमाडौंतफैै आउँदै गरेको बा ७ च २१२० नम्बरको कार बर्दिबासस्थित वीपी राजमार्गको कालापानीमा विपरीत दिशाबाट आएको ना ४ च ७६८० नम्बरको भ्यानसँग ठोक्किएको हो ।
दुर्घटनामा परी मैनालीका छोरा ३० बर्षीय सरोज मैनाली, बुहारी पूजा ढुङ्गाना मैनाली, ५ बर्षीय नाति एन मैनाली र चालक रामप्रसाद पौडेल घाइते भएका छन् ।
महासचिव मैनालीको टाउको र खुट्टामा चोट लागेको छ । घाइतेहरुको बर्दिवासस्थित बर्दिवास जनसेवा हस्पिटलमा उपचार भइरहेको र थप उपचारको लागी उनीहरुलाई हेलिकप्टरमार्फत काठमाडौं पठाउने तयारी भइरहेको प्रहरी नायब उपरीक्षक राजकुमार चापागाईंले बताए ।
प्रतिक्रिया दिनुहोस