
काठमाडौं । वैदेशिक रोजगारको सिलसिलामा फ्रान्समा (प्याकिङ फुड) कामको लागि आकर्षक तलव हुने भन्दै काममा जान लागत स्वरुप अठ्तीस लाख पचास हजार लिएर बेपत्ता भएकी पुर्णिमा श्रीष पक्राउ परेकी छिन् ।
रुपन्देही जिल्ला दुधराक्ष गा.वि.स. वडा नं. ०५ घर भई हाल का।जि।तारकेश्वर नपा वडा नं.१९ विभिन्न मितिमा ३ जनाको उक्त रकम लिएर भागेका थिए ।
शिर बहादुर थापासहितले गत माघ २८ गते जाहेरी दिए पश्चात उनको खोजी कार्य भएको थियो । महाशाखा टोलीले निज पुर्णिमा श्रीषलाई तारकेश्वरबाटै बुधबार बेलुका पक्राउ गरेको हो ।
उनलाई थप अनुशन्धानको लागि बिहीबार महानगरीय प्रहरी परिसर,काठमाण्डौ पठाईएको छ ।
प्रतिक्रिया दिनुहोस