aarthiknews.com सोमबार, २७ जेठ २०८२   Monday, 09 June, 2025
 

सरकारको ढुकुटी भर्ने दाउमा अर्थमन्त्री, पेट्रोल र डिजेलमा शतप्रतिशत कर बढ्यो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, १५ फागुन २०७६
सरकारको ढुकुटी भर्ने दाउमा अर्थमन्त्री, पेट्रोल र डिजेलमा शतप्रतिशत कर बढ्यो

काठमाडौं । सरकारले पेट्रोल र डिजेलमा शतप्रतिशत कर बढायो । फागुन १२ गते बसेका मन्त्रिपरिषद्कोे बैठकले पेट्रोल र डिजेलमा प्रतिलिटर ५ रपैयाँ कर थप गरेको हो । सरकारले दोस्रो चौमासको अन्त्यमा आईपुग्दा पूर्वाधार विकास करको दर बढाएका हुन् । 

मन्त्रिपरिषद्कोे बैठकको निणृय सार्वजनिक गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले पूर्वाधार विकास करको दर परिर्वतन गरेको जानकारी दिए । ‘अब पेट्रोल, डिजेल र हवाइ इन्धनमा १० रुपैयाँ कर लिइनेछ,’ उनले भने । यसअघि प्रतिलिटर पेट्रोल र डिजेलमा ५ रुपैयाँ कर लिइदै आएको थियो ।

सरकारले बुढीगण्डकी आयोजना निर्माणको लागि आर्थिक वर्ष २०७३/७४ देखि यसरी पूर्वाधार विकास निर्माण कर लिदै आएको हो । अहिलेसम्म सरकारले पेट्रोल र डिजेलबाट करिब ४१ अर्ब रुपैयाँ कर उठाइसकेको छ । नेपाल आयल निगमले प्रतिलिटर ५ रुपैयाँका दरले कर लिँदा मासिक ७० देखि ८० करोडसम्म जम्मा हुन्थ्यो भने अब डेढ अर्ब रुपैयाँ संकलन हुने अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस