
काठमाडौं । सरकारले सम्पत्ति शुद्धिकरण तथा आतङ्कारी क्रियाकलापमा वित्तीय लगानी निवारण विषयको एशिया प्रशान्त क्षेत्र समूह (एपिजी) बाट हुने नेपालको पारस्परिक मूल्याङ्कनको तयारीसम्बन्धी अवधारणापत्र स्वीकृत गरेको छ ।
यही फागुन ५ र १२ गते बसेको मन्त्रिपरिषद् बैठकले हेजिङसम्बन्धी (पहिलो संशोधन) नियमावली, २०७६ मा स्वीकृति प्रदान गर्ने गरेको सञ्चार तथा सूचनाप्रविधिमन्त्री डा युवराज खतिवडाले जानकारी दिए । बैठकले वीरगञ्ज चिनी कारखानाको स्वामित्वमा रहेको पर्सास्थित वीरगञ्ज महानगरपालिका वडा नं १४ मा रहेको कित्ता नं ११३१ को १०–६–४ बिघामध्ये ६ बिघा जग्गा बिक्री गर्न स्वीकृति दिएको छ ।
प्रतिक्रिया दिनुहोस