aarthiknews.com मंगलबार, २६ जेठ २०८३   Tuesday, 09 June, 2026
 

चैत्र ५ भित्र नै नयाँ गभर्नर नियुक्ति हुने पक्का

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, १६ फागुन २०७६
चैत्र ५ भित्र नै नयाँ गभर्नर नियुक्ति हुने पक्का

काठमाडौँ । नेपाल राष्ट्रिय बैङ्कको नयाँ गभर्नर चैत्र पाँच अगाडि नै नियुक्त भइसक्ने पक्का भएको छ ।

सञ्चार तथा सूचना मन्त्रालयकाे समेत जिम्मेबारी सम्हाली रहेका अर्थमन्त्री डा. युवराज खतिवडाले बिहीबार सञ्चार मन्त्रालयमा भएको पत्रकार सम्मेलनमा बाेल्दै उक्त कुराको जानकारी दिएको हुन् ।

नयाँ गभर्नर को बन्छ भनेर पत्रकारले राखेको प्रश्नमा बोल्दै मन्त्री खतिवडाले भने ‘को बन्छ भन्ने कुरा भए पछि नै थाहा होला । म यहाँहरूलाई यति चाहिँ जानकारी दिन सक्छु गभर्नर चैत पाँच भन्दा अगाडि नै नियुक्ति हुन्छ ।’ उनले भने  'मलाई पनि सरकारले अन्तिम समयमा नियुक्ती गरेको थियो । चैत पाँच गते दिनको तीन बजेसम्मा नयाँ गर्भनर नियुक्ती हुन्छ ढुक्क हुनुहाेस्।'

प्रतिक्रिया दिनुहोस