aarthiknews.com मंगलबार, २६ जेठ २०८३   Tuesday, 09 June, 2026
 

४१ अर्बको लेखाजोखा छैन : सरकारी अधिकारी नै बेखबर

  • आजको राजधानी दैनिकबाट
    आजको राजधानी दैनिकबाट
  • शुक्रबार, १६ फागुन २०७६
४१ अर्बको लेखाजोखा छैन : सरकारी अधिकारी नै बेखबर

काठमाडौं । सरकारले पेट्रोलियम पदार्थ आयात गर्दा पूर्वाधार करवापद संकलित १ अर्ब रुपैंयाँको खर्चबारे सम्बन्धित निकाय नै बेखबर छ ।

सरकारले बुढीगण्डकी जलविद्युत आयोजना निर्माणका लागि पेट्रोल र डिजेलमा पाँच रुपैंयाँ पूर्वाधार विकास कर लिन थालेको थियो । तत्कालिन अर्थमन्त्री विष्णु पौडेलले आर्थिक बर्ष २०७३/७४ को बजेटमा पूर्वाधार विकास कर दिने व्यवस्था मिलाएको थियो ।

पछि, सो शीर्षक परिवर्तन गरेर आर्थिक बर्ष २०७४/७५ बाट पूर्वाधार विकास कर लिन थालिसकेको थियो । अहिलेसम्म ४१ अर्ब रुपैंयाँ बढी रकम जम्मा भइसकेको छ । तर सो रकमको कुनै लेखाजोखा हुन नसकेको सरकारी अधिकारीहरुले नै बताएका छन् ।

प्रतिक्रिया दिनुहोस