aarthiknews.com मंगलबार, २६ जेठ २०८३   Tuesday, 09 June, 2026
 

अर्थमन्त्रीको दावी : बजेटको ९० प्रतिशत खर्च हुन्छ

  • आजको गोरखापत्र दैनिकबाट
    आजको गोरखापत्र दैनिकबाट
  • शुक्रबार, १६ फागुन २०७६
अर्थमन्त्रीको दावी : बजेटको ९० प्रतिशत खर्च हुन्छ

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्रीको समेत जिम्मेवारी सम्हालेका अर्थमन्त्री डा. युवराज खतिवडाले चालू आर्थिक वर्षमा संशोधित बजेटको ९० प्रतिशतभन्दा बढी खर्च हुने बताएका छन् ।

मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न बिहीवार आयोजित पत्रकार सम्मेलनमा मन्त्री खतिवडाले भने, 'विकास खर्च भनेर पुँजीगत खर्च मात्र लिदैनौँ, समग्र खर्चलाई नै हेर्नुपर्ने हुन्छ । बजेटको संशोधित अनुमान ९० प्रतिशतभन्दा बढी खर्च हुनेछ ।'

उनले प्रदेश र स्थानीय तहमा गएको वजेट फ्रिज भएर सङ्घीय सञ्चय कोषमा आउने व्यवस्था अन्त्य गरिएकाले गत वर्ष खर्च नभएको बजेट प्रदेश र स्थानीय तहमै रहेको र त्यहाँ खर्च भएको तर लेखा समायोजन भइनसकेको  बताए।

उनले भने, 'त्यसबाट घेरै बजेट खर्च भइरहेकाले सङ्घले थप बजेट ससर्त अनुदानको रकम दिनु नपरेका कारण सङ्घको बजेटमा कम खर्च भएको देखिएको छ।'

प्रतिक्रिया दिनुहोस