aarthiknews.com मंगलबार, २६ जेठ २०८३   Tuesday, 09 June, 2026
 

ईयूले नेपाली पश्मिना र कफी उत्पादनमा १ अर्ब लगानी गर्ने

  • आजको आर्थिक अभियान दैनिकबाट
    आजको आर्थिक अभियान दैनिकबाट
  • शुक्रबार, १६ फागुन २०७६
ईयूले नेपाली पश्मिना र कफी उत्पादनमा १ अर्ब लगानी गर्ने

काठमाडौँ । यूरोप–नेपाल व्यापार तथा लगानी कार्यक्रम (टीआईपी)अन्तर्गत यूरोपेली संघ (ईयू)ले नेपालको कफी र पश्मिना उत्पादनको क्षेत्रमा रू. १ अर्ब लगानी गर्ने भएको छ । टीआईपी कार्यक्रमको चौथौं वर्षमा ईयूले नेपाली पश्मिना र कफी क्षेत्रको उत्पादन प्रवद्र्धनमा सहयोग गर्ने बताएको हो । 

सहयोग राशिमध्ये अन्तरराष्ट्रिय व्यापार केन्द्रले रू. ६२ करोड ६१ लाख उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र नेपालस्थित यूरोपेली संघको कार्यालयले संयुक्त रूपमा रू. ३७ करोड ५७ लाख खर्च गर्नेछन् ।

अन्तरराष्ट्रिय व्यापार केन्द्रले बिहीवार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा ईयूले नेपाली कफी र पश्मिना क्षेत्रमा उत्पादनदेखि बजार पहुँचसम्मको कार्यक्रममा लगानी गर्ने बताएको हो । ईयू र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको बीचको साझेदारीमा उक्त कार्यक्रम कार्यन्वयनमा आउनेछ ।

प्रतिक्रिया दिनुहोस