aarthiknews.com मंगलबार, २६ जेठ २०८३   Tuesday, 09 June, 2026
 

चक्रपथ सडक विस्तारः वैशाखपछि चिनियाँ टोलीको जिम्मामा

  • आजको राजधानी दैनिकबाट
    आजको राजधानी दैनिकबाट
  • शुक्रबार, १६ फागुन २०७६
चक्रपथ सडक विस्तारः वैशाखपछि चिनियाँ टोलीको जिम्मामा

काठमाडौँ । चक्रपथ सुधारको दोस्रो चरणको आयोजनाअन्तर्गत कलंकीदेखि चावहित–धोवीखोलासम्मको सडक विस्तारका लागि साइट खाली गराउन रुख काट्ने काम सकिएको छ ।

सडक विस्तारका लागि २ हजार बढी रुख कटान भएको छ । कलंकीदेखि नयाँ वषपार्कसम्म बिजुलीको पोल हटाउने कामसमेत सकिएको छ भने बाँकी भागमा तार भूमीगत गर्ने काम भइरहेको छ । 

चक्रपथ सुधार आयोजना प्रमुख अमृतमणि रिमालले वैशाखसम्म साइट खाली गरेर निर्माण अघि बढाउने गरी काम भइरहेको बताए । 

साइटअन्तर्गतका संरचना खाली भएपछि मात्र चिनियाँ निर्माण कम्पनीले चक्रपथ विस्तारको दोस्रो चरणको काम थाल्नेछ । 

प्रतिक्रिया दिनुहोस