
काठमाडौं । बजारलाई अलपत्र छोडेर अगाडि बढ्न नसकिने अर्थमन्त्री युवराज खतिवडाले बताएका छन् । यदि बजारका विषयहरुमा असफलता देखा पर्योे भने त्यसको अर्थ सरकार असफल भएको ठर्हने अर्धमन्त्री खतिवडाको भनाई छ । उनले व्यापार गर्ने सन्दर्भमा सरकार असफल भैसकेको बताए । ‘सायद निजि क्षेत्रलाई अगाडि बढ्ने क्रममा सहजता दिलाउन हाम्रा केही कमीकमजोरी भए होलान् ।’ उनले भने
विश्व अर्थतन्त्र र क्षेत्रिय अर्थतन्त्रमा समेत आएका परिवर्तनहरुले हाम्रा छलफलका विषयवस्तुलाई समेत प्रभावित पारेका छन् । आर्थिक निति तथा योजनाहरुको निर्माणमा समेत नँया आयामहरु देखा परेका छन् । नेपाल राष्ट्र बैंकको अर्थशास्त्र र वित्त सम्बन्धि तेस्रो अन्तराष्ट्रिय सम्मेलनमा अर्थमन्त्री डा. युराज खतिवडाले सो कुरा बताएका हुन् ।
उनले भने ‘हामी अहिले चौबाटोमा उभिएका छौँ । र परम्परागत ज्ञानले काम नगर्ने गरी नेपालमा संघियता लागु भैसकेको छ । अब उदारबाद र खुल्ला आर्थिक नितिबाट गरिबीको अन्तय गर्न सकिन्छ भन्ने विगतको अवधारणामा परिवर्तन गर्नुपर्ने देखिएको छ ।’
उदारबादी र खुल्ला आर्थिक नितिले साइड इफेक्टका रुपमा उत्पन्न गराउने गरिब र धनि बिचको खाडल र रोजगारीका अवसरहरुमा पारेको प्रभाव बारे हामीले ध्यान दिनु पर्ने हुन्छ । विकास सँगै सामाजिक आर्थिक र पर्यवरिणिय समस्याबारे पनि कुरा गरेर मात्र दिगो विकासको आधार निर्माण गर्न सकिने खतिवडाले बताए ।
अर्थमन्त्री खतिवडाले सामाजिक रुपमा स्थाइ बन्ने र आर्थिक विकासमा सहयोगी बन्न नसक्ने लोक कल्याणकारी नितिहरु समेत ब्युतपादक बन्नसक्ने धाराण व्यक्त गरेका छन् । सामाजिक सुरक्षा र सहभागिता मुलक समाज निर्माणमा सहयोगि बन्ने खालको बृद्धि कसरी हासिल गर्ने भन्ने खालको विषय अहिलेको प्रमुख विषय भएको उनले बताए ।
प्रवृतिको विकास संगै बैंक र आइटि कम्पनीले गरिरहेका काम बिचको अन्तर घटिरहेको छ । भुक्तानी प्रणालीमा यसरी आएको विविधतालाई केन्द्रीय बैंकले कसरी आफ्नो अनुगमन र नियन्त्रणको क्षेत्रमा राख्ने भन्ने चुनौति उत्पन्न भैसकेको समेत उनले जानकारी दिए ।
वित्तिय क्षेत्रमा देखा परेका धेरै प्रकारका संघसंस्था र निकायहरुले भुक्तानी प्रणलीमा विविधता र जटिलता दुवै थपेका छन् । बैंकले गर्ने कामहरु भुक्तानी निक्षेप र पैसा स्थानान्तरण मात्र मा सिमित छैन । हँुदा हुँदा अब बीमालाई समेत संगै नजोडिसम्म त्यसमा पूर्णता नहुने देखिएको छ ।
खतिवडाले भने ‘साना व्यापारी उद्योगी र कारोबारीहरुको जोखिम न्युनिकरणमा ध्यान नदिने र जोखिमबाट हुन सक्ने क्षेतिको सुनिश्चता नगर्ने हो भने अब निक्षेप भोक्तानी लगानी जस्ता काममात्र गरेर वित्तिय संस्थाहरुले विकास प्रगतिमा ठोस योगदान पुर्याउन सक्ने देखिन्छ’ ।
बैंक र गैह्रबैकिङ वित्तिय संस्थाहरुको बिचमा के फरक छ भन्ने नै छुट्याउन गाह्रो परेको छ । बाणिज्य बैंकले मात्र गर्ने विदेशी मुद्राको कारोबार बाहेक अन्य सबै कामहरु बाँकी सबै प्रकारका वित्तिय संस्थाले गरिरहेको उनले बताए । उनले विकास र स्थाइत्व वर्तमान नेपालका सबै भन्दा मत्वपूर्ण विषय हुन् । विकास विनाको इस्ताइत्वको अर्थ यथास्थिति हो ।
हामीले सिङगल डिजिजको माथिल्लो अंक वा डबल डिजिजको प्रारम्भिक अंकहरुमा वृद्धि गर्न नसक्ने हो भने यहाँ विकासको यात्रा अगाडि बढ्न नसक्ने देखिन्छ । हामी अत्यन्तै तिब्र वृद्धि गर्नै पर्ने हतारोमा छौं । तर अर्थतन्त्रमा स्थाइत्व नआउने अवस्था सृजना हुन सक्दैन कि भन्ने चिन्ता पनि संग संगै गनुपर्ने धारण व्यक्त गरे ।
हामीले नया संविधान मार्फत राजनितिको पुन निर्माण गरिसकेका छौं । अहिले हामी संग ७ सय ६१ वटा सरकार र ३६ हजार भन्दा बढि जननिर्वाचित प्रतिनिधिहरु छन् । जसमा झन्डै ४१ प्रतिशत महिलाहरुको हिस्सा छ । अहिले सबै स्थानिय सरकारँंग राज्यको स्रोत साधनको सम्मुचित वितरण भैरहेको छ ।
हामी वित्तिय संघियतालाई सफल ढंगले कार्यन्वयनमा ल्याउन सफल भएका छौं । २ वर्षको अवधिमा यो ठुलो सफलता हो । तथापि सबै क्षेत्रको बढ्दो आकांक्षालाई सम्बोधन गर्न भने सकेको छैन । अहिले आधारभुत सेवा सुविधा र स्रोत साधनहरु जनताको घर आगनमा पुगिराखेको अवस्था छ । जसको कारण विकासले तिव्रता पाएको उनले बताए ।
उनले भने अहिले सरकारले निजि क्षेत्रसँग नजिकै बसेर विकास र सम्विृद्धिको कामलाई तिव्रता दिइरहेको छ । जनतालाई सेवा पुर्याने विकासलाई अघि बढाउने काममा निजि क्षेत्रको के कस्तो भुमिका हुन सक्छ भन्ने विषयमा सम्बाद र सहकार्य गरिरहेका छौ ।
त्यसैले ति समस्याहरु समाधान गर्न हामी लागि परेका छौँ । बजार असफल बन्न हामी कुनै पनि हालतमा दिदैनौ । यस प्रकारका छलफलहरुबाट कसरी वित्तिय सुशानस स्थापित गर्न सकिन्छ बजारलाई सहज बनाउन सकिन्छ र समग्रमा विकासलाई अगाडि बढाउन सकिन्छ भन्ने विषयमा ठोस निश्कर्ष निस्कन्छ भन्ने मेरो विचार छ ।
प्रतिक्रिया दिनुहोस