aarthiknews.com आइतबार, ०१ असार २०८२   Sunday, 15 June, 2025
 

२० हजार घुससहित सचिव ठाकुर अख्तियारको फन्दामा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, १६ फागुन २०७६
२० हजार घुससहित सचिव ठाकुर अख्तियारको फन्दामा

धनुषा । धनुषाको धनौजी गाँउपालिका वडा-२ का सचिव सुशील ठाकुर २० हजार घुससहित अख्तियारको फन्दामा परेका छन् ।

सचिव ठाकुरले जन्म प्रमाणितको सिफारिस दिए वापत २० हजार रुपैयाँ घुस मागेपछि गोप्य सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवासबाट खटिएको टोलीले रंगेहात नियन्त्रणमा लिएको हो ।

ठाकुरलाई २० हजार रुपैयाँ लिइसकेको अवस्थामा रकम सहित उनकै कार्यकक्षबाट नियन्त्रणमा लिएको अख्तियारले जनाएको छ । उनलाई बिहीबार नियन्त्रणमा लिएको जनाइएको छ ।

सचिव ठाकुरलाई अनुसन्धानको लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवासमा लगिएको छ ।

प्रतिक्रिया दिनुहोस