
काठमाडौं । बाँस्कोटाले सेक्युरिटी प्रेस खरिद प्रकरणमा ७० करोड कमिसन मागेको भनिएको अडियो टेप बाहिरिएपछि सञ्चार मन्त्रीबाट राजीनामा दिएका गोकुल बाँस्कोटा अदालत पुगेका छन्। बाँस्कोटाले आफुमाथि भ्रष्टाचारको झुठा आरोप लगाइएको भन्दै शुक्रबार जिल्ला अदालतमा मुद्दा दायर गरेका हुन्।
बाँस्कोटाले म विरुद्ध लगाइएको झुट्टा लाल्छना र गालि बेइज्जती विरूद्धमा मैले आज आफ्ना प्रतिनिधिमार्फत जिल्ला अदालत, काठमाडौंमा न्याय माग गर्दै मुद्दा दायर गरेको भनेका छन् ।
प्रतिक्रिया दिनुहोस