काठमाडौं । गाेकुल बास्कोटाले सेक्युरिटी प्रेस खरिद प्रकरणमा ७० करोड कमिसन मागेको भनिएको अडियो टेप बाहिरिएपछि सञ्चार मन्त्रीबाट राजीनामा दिएका गोकुल बाँस्कोटा अदालत पुगेका छन्। बाँस्कोटाले आफुमाथि भ्रष्टाचारको झुठा आरोप लगाइएको भन्दै शुक्रबार जिल्ला अदालतमा मुद्दा दायर गरेका हुन्।
बाँस्कोटाले अडियोमा बोल्ने अर्को पक्ष विजयप्रकाश मिश्रविरुद्ध गालीबेइज्जती मुद्दा दायर गरेका छन् ।
बाँस्कोटाले म विरुद्ध लगाइएको झुट्टा लाल्छना र गालि बेइज्जती विरूद्धमा मैले आज आफ्ना प्रतिनिधिमार्फत जिल्ला अदालत, काठमाडौंमा न्याय माग गर्दै मुद्दा दायर गरेको भनि सामाजिक सञ्जालमा पोष्ट गरेपछि कमेन्टको ओइरो लागेको छ ।
बाँस्कोटाको पोष्ट पछि धेरैले कमेन्टमा जो चोर उसैको ठुलो स्वर लेखेका छन् ।
त्यस्तै, मनोज ढकाल लेख्छन् नेपाली जनता ७० करोडको हिसाब् माग्दै छन । तपाईं गाली गलौजको लागि न्याय माग्नु हुन्छ ? यसलाई कसरी बुझ्नु त अब हामिले ? त्यस्तै विजय खनालले लौन बाँस्कोटाले आफ्नै आवाज चिनेनन् भन्दै व्याङग्य गर्दै कमेन्ट लेखेका छन् ।
प्रतिक्रिया दिनुहोस