aarthiknews.com आइतबार, ०१ असार २०८२   Sunday, 15 June, 2025
 

प्रदेश १ का मुख्यमन्त्री राईलाई पति दाबी गर्दै काठमाडाैंमा मुद्दा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, १६ फागुन २०७६
प्रदेश १ का मुख्यमन्त्री राईलाई पति दाबी गर्दै काठमाडाैंमा मुद्दा

काठमाडौं । प्रदेश नम्बर १ का मुख्यमन्त्री तथा सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता शेरधन राईलाई आफ्नो पति दाबी गर्दै एक महिलाले अदालतमा अंश मुद्दा दायर गरेकी छन् ।

दोलखा घर भएको बताउने बालिका खड्काले मुख्यमन्त्री राईविरुद्ध शुक्रबार काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेकी हुन् ।

काठमाडौं जिल्ला अदालतका श्रेस्तेदार आनन्द प्रसाद श्रेष्ठका अनुसार शुक्रबार दिउँसो बालिका खड्का (राई) नाम गरेकी महिलाले राईविरुद्ध मुद्दा दायर गरेकी हुन् ।

खड्काले राईले आफूसँग विवाह गरेको र पछि घरेलु हिंसा गर्ने गरेको पनि उजुरीमा उल्लेख गरेकी छन् । उनले मुलुकी फौजदारी संहिताको दफा २१५ बमोजिम आफूलाई अंशबण्डा गरिनुपर्ने मागदाबी गरेकी छन् ।

प्रतिक्रिया दिनुहोस