aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

कोरोना भाइरसका कारण कच्चा तेलको मुल्यमा गिरावट

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, १६ फागुन २०७६
कोरोना भाइरसका कारण कच्चा तेलको मुल्यमा गिरावट

एजेन्सी । चीनबाट फैलिएको कोरोना भाइरसका कारण विश्व बजारमा कच्चा तेलको मुल्यमा असर परेको छ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेल क्रुड आयलको मुल्य ३० प्रतिशतले घटेको समाचार अन्तराष्ट्रिय सञ्चारमाध्यमले प्रकाशन गरेका छन् । 

हाल कच्चा तेलको मुल्य अन्तर्राष्ट्रिय बजारमा ५० डलर प्रति व्यारेल रहेकोमा यो अझ ४५ डलर प्रति व्यारेलसम्म झर्न सक्ने विश्लेषण आउन थालेको छ । हालको यो मुल्य सन् २०१८को डिसेम्बर महिनाको मुल्यभन्दा पनि तल आएको हो ।

नेपालमा सरकारले पेट्रोलिय पदार्थमा कर बढाएको विरोध भइरहेको बेलामा अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मुल्य कम हुनु सरकारका लागि भने सकारात्मक नै होला । विदेशी समाचार एजेन्सी आईएएनएसका अनुसार अन्तर्राष्ट्रिय बजारमा इन्टरकन्टिनेन्टल एक्स्चेञ्ज तथा आईसीईमा ब्रेट क्रुड आयलको मुल्य जनवरी २०२० मा ७१.७५  डलर प्रति व्यारेल पुगेको थियो । 

गएको एकहप्तामा ब्रेट क्रुड आयलको मुल्य २१.७९ डलर अर्थात ३०.२८ प्रतिशतसम्म झरेको छ । अन्तराष्ट्रियमा देखिएको कच्चा तेलको मुल्यको असर भारतीय बजारमा पनि देखिन थालेको छ । भारतीय बजारमा ३ प्रतिशतसम्म कच्चा तेलको मुल्यमा गिरावाट आएको भारती सञ्चारमाध्यमले समाचारमा लेखेका छन् । 

प्रतिक्रिया दिनुहोस