aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

भारतीय शेयरलगानीकर्ताले एकैदिन ६ लाख करोड गुमाए

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, १६ फागुन २०७६
भारतीय शेयरलगानीकर्ताले एकैदिन ६ लाख करोड गुमाए

एजेन्सी । चीनको वुहान शहरबाट शुरु भएको कोरोना भाइरसका कारण विश्वको शेयरमा असर देखिन थालेको छ । यो हप्ता भारतीय शेयर बजारमा विगत तीन वर्षयताकै उच्च गिरावट आएको छ । हप्ताको अन्तिम दिन शुक्रबार मात्र  बम्बई स्टक एक्स्चेञ्ज (विएसई)मा एकैदिनमा लगानीकर्ताले ६ लाख करोड गुमाएका छन । 

 शुक्रबार बम्बइ स्टक एक्स्चेञ्ज विएसई सेन्सक्स करिब १४४८ अंकको गिरावट भइ ३८ हजार २९७.२९मा बन्द भएको छ । बम्बइ स्टक एक्स्चेञ्ज विएसईमा शुक्रबार मार्केट क्याप १४६८७०१०.४२ करोडमा रहेको छ भने विहीबार १५२,४००२४.०८ करोड रहेको थियो । यस अर्थमा एकैदिन शेयरबजारका लगानीकर्ताले ६ लाख करोड भारु गुमाएका छन् । 

सन् २०१६पछिको ठूलो गिरावट भएको बताइएको छ । त्यस्तै ११ वर्षयताकै साप्ताहिक ठूलो गिरावट हो । कारोबारको ६ दिनमा लिष्टिङमा रहेका कम्पनीको मार्केट क्याप ११ लाख करोडभन्दा बढीले कमी आएको छ । यो ६ दिनमा शेयर बजारका लगानीकर्ताले ११ लाख करोडभन्दा बढी गुमाएका छन् । 


 

प्रतिक्रिया दिनुहोस