aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

पाकिस्तानमा रेल र बस एक आपसमा ठोक्किँदा तीसको मृत्यु

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, १७ फागुन २०७६
पाकिस्तानमा रेल र बस एक आपसमा ठोक्किँदा तीसको मृत्यु

इस्लामाबाद ।  पाकिस्तानको दक्षिण भागमा पर्ने सिन्ध प्रान्तको सक्कुर जिल्लामा रेल र बस एक आपसमा ठोक्किँदा भएको दुर्घटनामा परी मृत्यु हुने व्यक्तिको सङ्ख्या ३० पुगेको शुक्रबार अबेर राति एक  सरकारी अधिकारीले जानकारी दिएका छन् । घाइते १५ को उपचारको क्रममा मृत्यु भएपछि मृतकको सङ्ख्या ३० पुगेको सुक्कुर जिल्लाका प्रहरी निर्देशक शफिक अहमदले बताएका छन । 

यस दुर्घटनामा ज्यान गुमाउने र घाइतेहरुमा महिला, बालबालिकाको सङ्ख्या धेरै रहेको एक सरकारी अधिकारीले जानकारी दिएका छन् । प्रहरी निरिक्षकका अनुसार पाकिस्तानको दक्षिणी बन्दरगाह शहर कराचीबाट पूर्वी रावलपिंडीतिर जाँदै गरेको पाकिस्तान एक्सप्रेस नामको यात्रुवाहक रेलले जिल्लाको रोहरी क्षेत्रनजिकैको कन्ध्र शहरको रेलवे मार्गमा बसलाई ठक्कर दिएको थियो । सिन्हवा

प्रतिक्रिया दिनुहोस